राम बहादुर दानी/ बाजुरा –जिल्ला प्रहरी कार्यालय बाजुराले ६६ औँ प्रहरि दिवस मनाएको छ ।
बुधवार जिल्ला प्रहरी कार्यालयमा एक औपचारिक कार्यक्रम गर्दै उक्त दिवस मनाईएको हो । कार्यक्रम जिल्ला प्रहरी कार्यालयका प्रमुख मदन जित महराको अध्यक्षतामा संचालन भएको थियो ।
कर्तव्यलाई पुरा गरौ जिउ ज्यानको प्रवाह नगरौ दिन रात सुरक्षामा तल्लिन हुने क्रा हामी नेपाल प्रहरी भन्ने मुल नाराका साथ संचालन भएको कार्यक्रमा नेपाल प्रहरीमा कार्यरत रहि जनताको सुरक्षामा अहोरात्र खटेर आफ्नो अतुलनिय ओगदन दिई आफ्नो ज्यानको आभुति दिने प्रहरी जवानहरुका परविारलाई प्रमुख अथिति र बिशिष्ट अथिति द्धारा दोसल्ला ओढाई सम्मान गरिएको थियो । भने काम कर्तव्यको पालना गर्ने उत्कृष्ट प्रहरी जवानहरुलाई पुरुसकार समेत बितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति जिल्ला न्यायधिस माधव प्रशाद घिमेरेले प्रहरीले थप निष्पक्ष, तठस्त, भएर सुरक्षामा खटिनुपर्नेमा जोड दिएका थिए । उनले प्रहरीले आफ्नो कर्तव्यको पालना गर्न जिम्मेवारी बहन गर्न पछी नपर्न प्रहरी जवानहरुलाई अनुरोध समेत गरेका हुन । प्रहरीले लोभ लालच र प्रलोभनमा नफसी अहोरात्र नागरिकको सुरक्षामा खट्नुपर्ने उनको भनाई रहेको थियो ।
प्रहरी नै निष्पक्ष र तठष्ट नहुनेहो भने नागरीकहरुले न्याएको अनुभुति समेत गर्न पाउदैनन् उनले भने । त्यसकारण नागरिकको प्रहरी प्रतिको बिश्वास गुमाउने कार्य कुनै पनि प्रहरी जवानले गर्न नहुने पनि उनले बताए । आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सुरक्षमा खट्ने क्रममै आफ्नो ज्यानको आभुति दिने प्रहरी जवानहरु प्रति श्रदा सुमन व्यक्त गर्दै उनले काम र कर्तव्यको पालना गरी सुरक्षामा खटिएर उत्कृष्ट कार्य गर्ने प्रहरी जवानहरुलाई धन्यवाद समेत दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख मदन जित महराको अध्यक्षतामा संचालन भएको कार्यक्रमा जिल्ला न्यायधिस माधव प्रशाद घिमेरे रहनु भएको थियो भने । कार्यक्रममा बिशिष्ट अथिति प्रमुख जिल्ला अधिकारी गोपल कुमार अधिकारी रहेका थिए । त्यसैगरी कार्यक्रमा अथिति राष्टिय अनुसंधान आयोग बाजुरा अध्यक्ष अशोक भट्ट, दुर्गा भजन गुल्मका गुल्मपति बिरेन्द्र महरर्जन, सशत्र प्रहरी वल गुल्मका गुल्मपति दिपक बिष्ट,पत्रकार महासंघ अध्यक्ष छक्क मल्ल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायत अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो ।











