बाजुरा सँबाददाता ः धनगढीमा लागुऔषधसहित कञ्चनपुरका दुई युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार मंगलबार राति १ बजेको समयमा कृष्णपुर नगरपालिका वडा नँ २ का २७ बर्षिय दीपक विक र २१ वर्षिय राजेन्द्र कामी पक्राउ परेका हुन् ।
उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा नँ ३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकश जोशीले बताए । दुवै जनामाथि लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने उनले बताएका हुन ।











