बाजुरा – जिल्लामा सोमबार १५ जना कोरोना पोजेटिभ देखीएका छन । जिल्लामा एन्टिजेन बिधीबाट गरिएको ३८ जनाको परिक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आज थपिएका थप १५जना गरी २ सय ४१ जना कोरोना संक्रमितको सख्या पुगेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङकमा उल्लेख छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार आज बडिमालिलका नगरपालिकामा १० बुढिनन्दा नगरपािलकामा २ बुढिगंगा नगरपालिकामा १ र गौमुल गाउँपालिकामा १ गरी १५ जनामा कोरोना पोजेटिभ देखिएकाे बताइएकाे छ ।











