
बाजुरा- जिल्लाकाे बुढीनन्दा नगरपालिकामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोहि नगरपालिका वडा नम्बर तीन चोलुका स्थानिय १५ बर्षिया सुकिन्द विष्ट रहेका छन् । वडाअध्यक्ष रामबहादुर बोहराका अनुसार हिजो दिउँसो बाख्रा चराइरहेका बेला गाउँ नजिकै रहेको डोग्रा, ठाम्रा सामुदायीक वनबाट आएको जङ्गली बँदेलले करिव ११ः बजेतिर विष्टलाई आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि कोल्टी लैजाँदै गर्दा बिच बाटाेमै मृत्यु भएको उहाँले बताउनु भएकाे छ ।











